नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै

काठमाडौं । नास आईटीले नास आईटी अवार्ड्स २०२४ आयोजना गर्ने भएको छ । सो सम्बन्धमा मंगलबार काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको छ ।

यस कार्यक्रमले नेपालको आईटी क्षेत्रको उत्कृष्टता उजागर गर्न र अन्तर्राष्ट्रिय ब्एक्ष्ऋत्ब् अवार्ड्सको तयारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटीको उद्देश्यबारे जानकारी दिए ।

“हाम्रो उद्देश्य नेपालका आईसीटी क्षेत्रलाई प्रतिनिधित्व गर्नु र स्थानीय कम्पनीलाई विश्वव्यापी मञ्चमा आफ्नो नवप्रवर्तनहरू विस्तार गर्न मद्दत गर्नु हो, नास आईटी अवार्ड्स जस्ता कार्यक्रममार्फत हामीले हाम्रो उद्योगको उपस्थिति र विश्व मञ्चमा प्रभाव बढाउने लक्ष्य राखेका छौँ” उनले भने ।

नास आईटी अवार्ड्सका कार्यक्रम प्रमुख संयोजक प्रार्थना साखःले अवार्ड्सको इतिहास, विभिन्न अवार्ड विधाहरु, योग्यता मापदण्ड र अवार्ड समारोहको विभिन्न कार्यक्रमको समयरेखा बारेमा बताए । साखःले नास आईटी अवार्ड्सले उत्कृष्ट कम्पनीलाई मान्यता मात्र नदिई नेपालका पृथक नवप्रवर्तनलाई प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय मञ्च पनि प्रदान गर्नेमा जोड दिए ।

यस वर्ष ब्एक्ष्ऋत्ब् अवार्डमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम बीच प्रतिस्पर्धा हुनेछ । नास आईटीका उपाध्यक्ष सन्तोष कोइरालाले अवार्ड्सको महत्त्वलाई विशेष रूपले जोड दिनुपर्ने बताएका छन् ।

उनी भन्छन्, “नास आईटी अवार्ड्स नेपालको आईटी क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिलाई मान्यता दिने एक प्रतिष्ठित मंच हो, यसले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउन योग्य नवप्रवर्तनलाई उजागर गर्न मद्दत गर्दछ ।” अवार्ड्समा आवेदन दिन नेपालमा दर्ता भएको कम्पनी हुनुपर्नेछ । यदी विदेशी लगानीको कम्पनी भए त्यसमा ५१ प्रतिशत स्वामित्व नेपालको हुनुपर्नेछ ।

साथै ग्राजुएट भएको १ वर्षसम्मका विद्यार्थीले समेत आफ्नो परियोजनालाई अवार्डमा पठाउन सक्नेछन् । आवेदन दिनका लागि विद्यार्थीको परियोजनालाई १ हजार र अन्यलाई ५ हजार रूपैयाँ शुल्क तोकिएको छ । आवेदन दिन पछि पिचिङ राउन्ड सुरू हुनेछ । त्यसमा मूल्याङ्कनका लागि ३ देखि ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जजहरू हुनेछन् ।

नास आईटी अवार्ड्सको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ । अवार्ड विजेतालाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ ।

नास आईटी को बारेमाः
नास आईटी गैर–नाफामूलक संस्था हो । जसले नेपालको सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासको लागि काम गर्दछ । वकालत, नवप्रवर्तन, बजार विकास, कार्यवल सशक्तीकरण र सहकार्य जस्ता उद्देश्यमार्फत नास आईटीले नेपाललाई एक विश्वव्यापी प्रविधि केन्द्रको रूपमा उचाल्ने लक्ष्य राखेको छ ।

 

You might also like

Comments are closed.