लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका ८ पालिकामा २ लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ ।
गाईवस्तु, २९ हजार ३८६, भैँसी ५७ हजार ७०६, बाख्रा १ लाख १७ हजार ३४१, भेडा १६ हजार ८७९ वटा, बङ्गुर २ हजार ७६९ र कुकुर ४ हजार ४२१ वटामा खोप लगाइएको थियो । सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार १३२, दूधपोखरीमा १५ हजार ४१६ पशुचौपायामा खोप लगाइएको छ ।
त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार ९९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार ६२४, दोर्दी गाउँपालिकामा ३४ हजार ७२८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार ७५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार ७१९ चौपायमा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । रासस
Comments are closed.