काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सकिने भएको छ ।
यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ । मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथै बिरामीलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालका सेवालाई सहज बनाएको छ ।
यसले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नुपर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ । मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।
मिदास हेल्थ सर्भिसेजका बारेमाः
आइएमई समूह अन्तर्गतको मिदास हेल्स सर्भिसेजले स्वास्थ्य सेवा सूचना प्रणाली विकास तथा सेवा उपलब्ध गराउँछ । यसले २ सय भन्दा बढी अस्पताललाई हस्पिटल एप तथा स्वास्थ्य सूचना प्रणाली उपलब्ध गराएको छ । उपचार र स्वास्थ्य सेवा अनुभव सुधार गर्नको लागि यो सेवाले अस्पताललाई उनीहरूको सेवाहरू आधुनिकीकरण र सुधार गर्न भरपर्दो साझेदारी प्रदान गरेको छ ।
Comments are closed.