काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर २ हजार ९६६ दशमलव ३३ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ६५ अङ्कले ओरालो लागेर ५२८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ मा कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।
नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी ८ दशमलव ५२, न्यादी हाइड्रोपावर ८ दशमलव ४६, शुभम पावर ७ दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.