जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ ।

ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरुको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काठमाडौंको साँखुमा ३० जना र जोरपाटीमा ३० जना ग्राहक सदस्य गरी जम्मा ६० जना सदस्यको सहभागीतामा तालिम सम्पन्न भएको हो । तालिममा सदस्यलाई सञ्चार गर्ने प्रभावकारी उपायहरु, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसायलाई व्यवस्थित तरिकाले अगाडी लैजान अपनाउनुपर्ने रणनीति जस्ता विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले तालिम व्यवसाय सञ्चालनमा अति उपयोगी भएकाले आफुले तालिमबाट सिकेका सीपलाई अनिवार्य व्यवहारमा उर्तान आग्रह गरिन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिवी समाजमा सामुहिक दायित्वका आधारमा बिना धितो कर्जा प्रवाह गरेका कारण महिलाको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न र ठुलो मद्धत गरेको बताइन् ।

शाखा कार्यालय साँखुका कार्यालय प्रमुख झबिलाल लामिछानेको संयोजकमा सञ्चालन भएको तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाँईले तालिम पश्चात सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिम पनि सञ्चालनमा ल्याई ग्राहकलाई लाभान्वित हुने किसिमका सेवा प्रवाह गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

तालिममा सहभागीले तालिम अत्यन्तै व्यवहारिक भएकाले आफुले सिकेका कुरा सजिलै दैनिक जीवनमा लागू गर्न सहज हुने बताएका छन् । तालिममा केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा शाखा कार्यालयका प्रतिनिधिको समेत सहभागीता रहेको थियो । विपीडब्लु नेपालका प्रशिक्षकले तालिम सहजिकरण गरेका हुन् ।

You might also like

Comments are closed.