नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ११ अङ्कले बढेर २ हजार ९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज ३३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३१९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ० दशमलव ५९, विकास बैंक ० दशमलव ७२, वित्त ४ दशमलव ९९, लगानी ० दशमलव १२ र अन्य समूह ० दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा ० दशमलव १९, उत्पादन तथा प्रशोधन ० दशमलव ४१ र लघुवित्त ० दशमलव ५४ प्रतिशतले घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड ० दशमलव ६४, निर्जीवन बीमा ० दशमलव ६८ र व्यापार समूह २ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६६ करोड २ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार १३० कित्ता शेयर किनबेच भएको छ । रासस

lcci
You might also like

Comments are closed.