हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लिले दशैं तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यसवर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई Made in Nepal भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकको सन्तुष्टिको निमिक्त हुन्डाईले सधैँ समय सापेक्षिक ग्राहक लक्षित योजना सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै भदौ ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकले पनि यस योजनाबाट लाभान्वित हुन सक्नेछन् । नाडा अटोशो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सबै व्यक्तिले हुन्डाईका विभिन्न उत्पादनको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।
यसै अवसरमा हालै चलिरहेको ‘Hyundai Test Drive and Win’ क्याम्पेन अन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार हात खाली नहुने गरी प्राप्त गर्न सक्ने बताइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३ बढी चारजिङ पोइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनले विश्वभरी करोडांै ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ ।

You might also like

Comments are closed.