शैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनलको नयाँ शाखा वानेश्वरमा

काठमाडौं । शैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनल प्रालिले १०औं वार्षिकोत्सवको अवसरमा बुधबारदेखि नयाँ शाखा बानेश्वरमा सञ्चालनमा ल्याएको छ । विदेश पढ्न जाने विद्यार्थीलाई उचित परामर्श, सुझाव र समन्वय गर्न सहयोग गर्ने अभिप्रायले प्रोकन्सल्ट्सले नयाँ शाखा विस्तार गरेको हो ।

यसले विदेश अध्ययनको चाहना राख्ने विद्यार्थीलाई सल्लाह, सुझाव र सेवा दिनेछ । सो कन्सल्टेन्सीले अङ्ग्रेजी भाषा बोलिने देश साथै दक्षिण कोरिया र जापानका कोर्स अध्ययनका लागि परामर्श सेवा दिँदै आएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई त्यस देशको रहनसहन, वातावरण, भाषालगायतका विषयमा कन्सल्टेन्सीले जानकारी दिन्छ ।

दशौं वार्षिकोत्सवको अवसरमा प्रोकन्सल्ट इन्टरनेशनलले आफ्ना विद्यार्थीलाई शीर्ष विदेशी गन्तव्यको विश्वविद्यालयमा उनीहरूको इच्छित पाठ्यक्रममा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न मद्दत गर्नसक्दो प्रयास गर्ने बताएको छ । वानेश्वर शाखाको बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले शुभारम्भ गरे ।

प्रोकन्सल्ट्स इन्टरनेशनलका अध्यक्ष प्रजितकुमार तिमिल्सिना तथा संगठनका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहज ढंगले सेवा दिन यो शाखा विस्तार गरिएको जानकारी दिए । प्लस टु गर्ने बित्तिकै बाहिरै जानुपर्छ भन्ने भिडलाई मोटिभेट गर्नको लागि हामी आएका छैनौं, विद्यार्थी जो बाहिर जान खोज्नु भएको छ, यहाँ आएर केही गर्ने सोच बनाउनेलाई मात्रै विदेशमा उच्च शिक्षाको लागि प्रेरित गर्ने उनीहरुको भनाई छ । विदेशमा सीप सिकेर नेपाल फर्की केही गर्छु भन्ने लक्ष्य राखेका विद्यार्थीलाई लक्षित गरेर परामर्श दिँदै आइरहेको अध्यक्ष तिमिल्सिना तथा प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ बताउँछन् ।

साथै, प्रोकन्सल्ट इन्टरनेशनलले आगामी वर्ष फिनल्याण्ड, आयरल्याण्ड, दक्षिण कोरिया, जर्मनी र जापानलगायतका देशमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । यसअघि कन्सल्टेन्सीले क्यानडा, संयुक्त राज्य अमेरिका, युके, अष्ट्रेलिया, न्युजिल्यान्ड र डेनमार्कलगायत अन्तर्राष्ट्रिय गन्तव्यमा सक्रिय रूपमा प्रचार गर्दै आएको थियो ।

You might also like

Comments are closed.