सुनको मूल्य तोलामा ११ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु १ हजार १ सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु १ लाख ५१ हजार ९ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ ले कम भई आज रु १ हजार ८३० मा कारोबार भएको छ । रासस

You might also like

Comments are closed.