७ औँ कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भदौ १४ गते पोखरामा हुने

पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित ७ औँ कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भदौ १४ गते पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिम बीच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद रु ३५ हजार साथमा प्रमाण पत्र, दित्तिय हुने जिल्लाले रु २० हजार साथमा प्रमाण पत्र र तृत्तीय हुनेले रु १० हजार र सान्त्वना हुनेले ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक घनश्याम पाण्डेयले बताए ।

कल्चर र एग्रिकल्चर संगसंगै अगाडि बढाउने उद्देश्य सहित अहिले आफुहरु ७ औँ संस्करणसम्म आइपुगेको पाण्डेले बताए । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिको गीतमार्फत प्रचार–प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ ।

किसानको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरित गर्छ । यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए । कार्यक्रमको पोखरा टेलिभिजन र टेलिभिजनको फेसबुक पेज लगायतबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले बताए ।

अहिले जिल्ला–जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । कृषि गीत प्रतियोगिताले जिल्ला–जिल्लामा कृषक समुहमा उत्साह थपेको उनको भनाई छ । प्तियोगिता सन्देशमुलक हुने भएकोले पनि जिल्लामा धेरै मेहनत गरेर टिम छनोट भइरहेको छ । गत वर्षको ग्राण्ड फिनालेमा म्याग्दी प्रथम, तनहुँ, द्धित्तिय र कास्कीले तृत्तीय स्थान हासिल गरेका थिए ।

lcci
You might also like

Comments are closed.