केईआई इंडस्ट्रीज लिमिटेडले गर्यो अन्तक्र्रिया

काठमाडौं । भारतीय बहुराष्ट्रिय दोस्रो ठुलो वायर एण्ड केबुल उत्पादक अग्रणी कम्पनी केईआई इंडस्ट्रीज लिमिटेडले अन्तक्र्रिया कार्यक्रम गरेको छ । काठमाडौंको हिल्टन होटलमा इलेक्ट्रिकल इन्जिनियर, ठेकेदार, वास्तुकलाका बीच कार्यक्रम गरिएको हो ।

लामो इतिहास बोकेको नेपालको अग्रणी केबुल कम्पनी जनता केबुल ई. प्रालिलाई नेपालका लागि सो कम्पनीले आफ्नो च्यानल पार्टनरको रुपमा लिएको छ । केईआई इंडस्ट्रीज लिमिटेड भारतका निर्देशक अक्शित दिभीज गुप्ताले कम्पनीको बारेमा जानकारी दिएको कार्यक्रममा सोही कम्पनीका कार्यकारी निर्देशक मनोज कक्करले कम्पनीको आगामी दिनको कार्य योजना र उत्पादनको बारेमा जानकारी दिए ।

२ सय भन्दा बढी इलेक्ट्रिकल क्षेत्रका विज्ञहरु उपस्थित भएको सो कार्यक्रममा जनता केबुल ई. प्रालिका अध्यक्ष पवनकुमार अग्रवालले जनता केबुलले सदैव गुणस्तरलाई आफ्नो मुलमन्त्र ठानेकोले विगत ४ दशक भन्दा बढी गौरवमय इतिहास बनाएको बताए । केईआई इंडस्ट्रीज लिमिटेडको स्थापनाकाल देखि हालसम्मको आरोह आवरोह पार गर्दै कसरी भारतको दोस्रो ठुलो वायर एण्ड केबुल कम्पनी बन्न सक्यो सो बारेमा कम्पनीका बजार व्यवस्थापक जश्वन्त सिंह रायले जानकारी दिएका हुन् ।

साथै यस च्यानल पार्टनरसीपले जनता केबुल ई. प्रालिलाई नयाँ मार्ग प्रदान गरेकोमा बजारमा अझै प्रतिस्पर्धी हुन ठूलो भूमिका खेलेको भन्दै केईआई इंडस्ट्रीज लिमिटेडलाई र कार्यक्रममा सहभागीलाई जनता केबुल ई. प्रालिका निर्देशक शुभम अग्रवालले धन्यवाद दिए ।

You might also like

Comments are closed.