काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा मंगलवार देखि सुरु भएको ‘१६ औं टाटा इभी नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो ।
टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।
यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।
टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलता पछि पन्च इभी सार्वजनिक गरिएको छ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने विश्वस्त रहेको बताइएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । लामो समय देखि नेपाली बिद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्ने अपेक्षा लिइएको छ । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी – पन्च इभीले हाम्रो ग्राहकलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभुति गराउनेछ ।
नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ्ग, १५० भन्दा बढी एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसैगरी १६ इभि डेडिकेटेड सेवा सञ्जाल र २२ बटा बिक्री केन्द्र रहेका छन् ।
Comments are closed.