काठमाडौं । यो सातामा कारोबारका अघिल्ला २ दिन लगातार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव ८० अङ्कले बढेर २ हजार ७८६ दशमलव ४० को विन्दुमा कायम भएको हो ।
आज २२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर १ लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ० दशमलव ९२, होटल तथा पर्यटन ० दशमलव ०९, जलविद्युत् ० दशमलव ४९ र लगानी १ दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ० दशमलव ०३, म्युचुअल फण्ड ० दशमलव ९३ र अन्य समूह ० दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार १ दशमलव ४३, निर्जीवन बीमा ० दशमलव ९७, लघुवित्त १ दशमलव ०८, जीवन बीमा ० दशमलव ४४, वित्त १ दशमलव ६९ र विकास बैंक ० दशमलव ८० प्रतिशतले घटेको छ ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको रु ४३ करोड ७ लाख ८६ हजार ९ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार २८४ कित्ता शेयर खरिदबिक्री भएको छ । रासस
Comments are closed.