काठमाडौं । कुमारी बैंकले उद्यमशिलता प्रवर्द्वनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने भएको छ ।
देशका हरेक भागमा रहेका उद्यमशिलता प्रवद्र्धनका लागि “देशैभरी बर्षैभरी” उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहेको छ ।
यस योजना अन्र्तगत उद्यमीले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखामा व्यवसायको खाता खोली क्युआरमार्फत प्रतिहप्ता कम्तिमा दुई व्यवसायिक कारोबार लगातार ४ हप्ता भई मासिक कम्तिमा १० हजार रुपैयाँ बराबरको कारोबार यस बैंक खातामा हुँदा उद्यमीले २ लाखसम्मको कर्जा कुनैपनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत सो एपमार्फत नै गर्न सकिने भएकाले व्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानुपर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनिहरुको उद्यमशिलता प्रर्वद्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.