हाम्रो बहुउद्देश्यीय सहकारीले मनायो २५ औं वार्षिक साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ न्युरोडमास्थित हाम्रो बहुउद्देश्यीय सहकारी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा एवं २७ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं शेयर सदस्य विष्णुप्रसाद तिमिल्सिनाले उद्घाटन गदै सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शङ्का नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे । उनले संस्थाले विगत गरेको कामबाट शिक्षा लिन अगाडि बढेमा संस्थाको भविष्य उज्ज्वल रहने विश्वास व्यक्त गरेका छन् ।

सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले हाम्रो बहुउद्देश्यीय सकारीलाई नेपालकै उत्कृष्ट सहकारीको रुपमा अगाडि बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र सञ्चालक समितिलाई आग्रह गरे । निवर्तमान अध्यक्ष तथा सल्लाहकार उमनाथ बरालले संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउँदै, सहकारीले ऐन कानुनको पालना गरी अगाडि बढ्नुपर्ने बताउँछन् ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति बसन्तराज अधिकारीले शेयर सदस्यको हकहितलाई मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छज् । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य दिपक घिमिरेले बहुउद्देश्यीय हिसाबले स्थापना भएको यस सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्नेमा जोड दिए ।

साधारण सभाको अवसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, माध्यमिक र स्नातक तहमा सर्वोकृष्ट हुने शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिएको छ । सञ्चालक समितिका सदस्य भिमबहादुर गुरुङले यसअघि दिएको राजिनामा स्वीकृत गर्दै साधारण सभाले शेयर सदस्य निर्देशनकुमार चुल्याजुलाई सञ्चालक समितिको बाँकी अवधिका लागि सदस्यमा मनोनयन गरेको छ ।

संस्थाका सचिव नरेश तिमिल्सिनाले सचिवको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर पराजुलीले कोषाध्यक्षको प्रतिवेदन, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजु पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन उपर छलफल गरी आवश्यक सुझाब सहित पारित गरिएको छ । वि.स २०५७ सालमा स्थापना भएको सहकारीमा १ हजार १३१ शेयर सदस्य जना रहेका छन् ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा शेयर पँुजि ५ करोड ३७ लाख रहेकोमा २३ करोड लगानी गरेका छन् । सहकारीले आव ८०/८१ आयकर २५ लाख ५० हजार बुझाइएको जानकारी सभामा गराइएको छ ।

संस्थाका उपाध्यक्ष प्रकाश क्षेत्रीले स्वागत गरेको कार्यक्रममा सञ्चालक सदस्य रितादेवी कंडेल, शिक्षा उप–समितिका संयोजक कमला सुवेदी, शेयर सदस्यहरू कमल कोइराला, मनकुमारी गुरुङ, सरिता सिग्देल अर्याल लगायतले बोल्दै शुभकामना दिएका छन् ।

You might also like

Comments are closed.