मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय सम्बन्धी अन्तक्र्रिया

काठमाडौं । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायका सन्दर्भमा अन्तक्र्रिया गरिएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा अन्तक्र्रिया गरिएको हो । डेपुटी गभर्नर मिश्रले व्यवसाय प्रवद्र्धनका लागि यस कार्यक्रमले सघाउ पुग्ने बताए ।

नाडा र इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानको संयुक्त पहलमा भएको अन्तक्र्रिया कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत गरेका हुन् । नाडाका अध्यक्ष करण चाौधरीले नेपालको अटोमोवाइल क्षेत्रको समस्याको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए । अहिले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने बताए । यसले सुस्ताएको अटोमोवाइल व्यवसाय पुनः फष्टाउने आशा राखेको उनको भनाई छ ।

अन्तक्र्रियामा बैंक तथा वित्तीय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बंैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोककुमार खडकाले सो विषयका सम्बन्धमा आफ्ना धारणा राखेका छन् । नाडा अटो शो को अन्तिम दिनमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।

You might also like

Comments are closed.