काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाडौंमा छैँठौ वार्षिक उत्सव कार्यक्रम गरेको छ । नेपाल सरकारले घोषणा गरेको “कृषिमा लगानी दशक” अनुरुप सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल भएको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रीले न्यून आय भएका किसान र सरकार बीच जोडि कृषकको आयस्तर वृद्धि गर्नको लागि नीजि क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै नीजि क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी दिए । उनले रैथाने खाद्यान्नको प्रवद्र्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चक्लाबन्दि र सामुहिक खेतिलाई प्रवद्र्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
कार्यपत्रमाथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरु उत्पादन र वितरणमा, नीजि क्षेत्र प्रविधि प्रसार, उद्योगको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्तालाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा र विकास साझेदार क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनले नीजि क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढि सरोकारवालाको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुतीसहित उल्लेखित क्षेत्रका वक्ताले कार्यपत्रमाथि धारणा राखेका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिको लगानीमा स्थापना भएको धितोपत्र बजारमा सुचिकृत कृषि क्षेत्रको अग्रणी कम्पनी हो ।
Comments are closed.