काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२७ दशमलव ३२ अङ्कले उकालो लागेर २ हजार ८२३ दशमलव २५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर ५०३ दशमलव ८३ मा पुगेको छ । कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा कारोबार भयो ।
नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लक्ष्मी उन्नति कोष ४ दशमलव ७१, माईखोला हाइड्रोपावर ३ दशमलव ५९, एनआइसी एसिया फ्लेक्स १ दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड १ दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.