चट्याङबाट ज्यान गुमाएका परिवारलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चट्याङ लागेर मृत्यु भएका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका– ४ थकालिचोक शाखाले संस्थाका सदस्य केन्द्र नं ६७, समूह नं २ मा आबद्ध ज्ञानमति थारुको चट्याङबाट मृत्यु भएपछि उनको परिवारलाई घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।

संस्थामा गरिएको बीमाको नियमानुसार १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम बापत रु १ लाख ७१ हजार ७८८ रुपैयाँ कट्टा गरी रु ८ लाख ५३ हजार २१२ बराबरको रकम मृतकका श्रीमान् अमिरिका थारुले बुझेका छन् ।

संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका–१ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले बीमा रकम हस्तान्तरण गरेका हुन् । बीमा रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष, शाखाका कर्मचारी, स्थानीय लगायत सहभागी थिए ।

You might also like

Comments are closed.