ऐतिहासिक पदक दिलाउन सफल पलेशा र पेरिस पारालिम्पिक्समा नेपाललाई प्रतिनिधित्व गर्ने खेलाडीलार्ई सम्मान गर्दै ‘एनसेल’

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल भएको खुशियालीमा एनसेलले गौबर्धनलाई सम्मान गर्ने भएको हो ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो । एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

‘‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजोमात्र जस्तो लाग्छ, त्यतिबेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोँचेकै थिइन । मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु” उनले भनिन् ।

पलेशाले आफ्नो खुसी व्यक्त गर्दै भनिन् “मेरो यस यात्रामा मैले धेरै अविश्वसनिय व्यक्तित्वसँग भेटे र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ । यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षक लगायत एनपीसी नेपाल, मेरो स्पोन्सर्स तथा मेरो साथीहरुलाई धेरै–धेरै घन्यवाद दिन चाहन्छु । गत वर्ष एसियन पारा गेम्स् देखि मेरो परिवार जस्तै बनेको एनसेललाई उहाँहरुको साथ, हौषला र म प्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु । यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक छु ।”

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव रहेको बताए । यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा रहेको बताउँदै उनले एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध रहेको बताएका छन् ।

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ ।

You might also like

Comments are closed.