प्रिमियम लक्जरी इभि ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ ।

जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो । जुन अत्याधुनिक प्रविधि र ग्राहक केन्द्रित मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । यसै साता ह्यात रिजेन्सि काठमाडौंमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा, गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि मन्त्री देवेन्द्र दाहाल र शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरेका हुन् । पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताको अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।

जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधासहितको गाडीमध्ये अग्रपङ्तिमा उभिन्छ । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ । जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाको स्वागतबाट कार्यक्रम सुरु भएको हो । शारडा ग्रुपका निर्देशक गौरव शारडाले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन मिडिया पर्सनालिटि सदिक्षा श्रेष्ठले गरेकी हुन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.