अल्फा बोर्डिङ स्कुलमा कार्यशाला तथा तीज गीत प्रतियोगिता

पोखरा । पोखरा १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलको आयोजनामा कार्यशाला एवम् तीज गीत प्रतियोगिता भएको छ ।

मझेरी पार्टी प्यालेसमा भएको कार्यशालामा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी एवम् अभिभावक सहभागीत थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सह प्राचार्य कृष्ण लम्सालले स्वागत गरेका हुन् ।

शिक्षक प्रिती गुरुङले कार्यशालको बारेका प्रकाश पारेको कार्यक्रममा विद्यार्थीका विविध सांस्कृतिक गतिविधिसहित अभिभावकलाई मनोरञ्जन प्रदान गर्न शिक्षण क्रियाकलाप झल्किने मनोरञ्जनात्मक खेलको आयोजना गरिएको बताइएको छ ।

तीजको उपलक्ष्यमा विद्यार्थीलाई लोक संस्कृतिकप्रति सचेत गराइ आफ्नो सांस्कृतिक वैभवका रुपमा रहेका गीत र सङ्गीतप्रतिको मोह जगाउनका साथै मनोरञ्जन पनि होओस् भन्ने मूल उद्देश्यका साथ कक्षा स्तरीय तीज गीत प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतियोगी विद्यार्थीले आफ्नो लोकबाजा मादल, मुजुरा लगायतका वाद्यवादनका सामग्री प्रयोग गरी समसामायिक विषयवस्तुमा आफ्नो प्रस्तुती राखेका थिए । प्रतियोगितामा कक्षा ७ का विद्यार्थीले द्वितीय स्थान हासिल गरे भने कक्षा १० का विद्यार्थीले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् ।

कार्यक्रममा विद्यालय प्राचार्य सुरेन्द्रमानसिंह भण्डारी एवम् विजयबाबु अधिकारीले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रमको अवसरमा विद्यालयमा दर खाएर रमाइलो गरिएको छ ।

You might also like

Comments are closed.