नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौं । धितेपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अङ्कले ओरालो लागेर २ हजार ७२७ दशमलव ३६ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अङ्कले ओरालो लागेर ४८६ दशमलव ३६ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर रु ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यूनिक नेपाल लघुवित्त नौ दशमलव १४, नेष्डो समृद्धि लघुवित्त ८ दशमलव ४३, अप्प्र हेवाखोला हाइड्रोपावर ७ दशमलव ९२ र गुडविल फाइनान्सका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।

यस्तै, नेपाल फाइनान्स ८ दशमलव ९१, विन्दवासिनी हाइड्रोपावर ५ दशमलव ७७, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव ०३, न्यादी हाइड्रोपावर ४ दशमलव ८९ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

You might also like

Comments are closed.