यस्तो छ आजको विनिमय दर

काठमाडौं । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ ।

बिहीबार यस मुद्राको एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा थियो । त्यसैगरी बिहीबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ०३ र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ४४१ रुपैयाँ १० पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५७ रुपैयाँ २९ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

You might also like

Comments are closed.