बजाजको ‘क्यास सफारी’ अफर

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीको महान् चाडदशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।

‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ । बजाजको यस योजना अन्तर्गत ग्राहकले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् । साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।

कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएको बताए । उनले यस्ता स्किममार्फत ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको र यस वर्ष पनि बजाजले ग्राहकको चाड विशेष बनाउनेमा विश्वस्त रहेको बताएका छन् ।

बजाजले ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।

You might also like

Comments are closed.