नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको ५ दिने मेची महाकाली अध्ययन अवलोकन सम्पन्न

काठमाडौं । नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशले मेची महाकाली अध्ययन अवलोकन सम्पन्न गरेको छ । भ्रमण टोली धनगढीदेखि पूर्वको इलामसम्म ५ दिन अवलोकन गरेर फर्केको सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा डेरी उद्योग, फार्म, विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन गरिनुका साथै उद्योगका विषयमा पनि अध्ययन गर्ने उद्धेश्यका साथ भ्रमण कार्यक्रम तय गरिएको हो । रुरु क्षेत्रको धार्मिक स्थल, इलामको चिया बगान, सिन्धुलीगढी लगायत अन्य विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको समेत अवलोकन गरिएको एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्णबहादुर हमालले बताए ।

धनगढीस्थित श्रीराम डेरी उद्योगको परिसरबाट अवलोकन शुरु भएको हो । लुम्बिनी प्रदेशको तुल्सिपुरस्थित मोर्डन गाईफार्म अवलोकनका क्रममा फार्मका सञ्चालक एवं एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रेशमबहादुर खड्कासँग भेटघाट गरी मायाको चिनो आदानप्रदान प्रदान गरिएको छ । साथै पशुपालन सम्बन्धि धेरै कुरा सिक्ने र सिकाउने अवसर प्रप्त भएको उपाध्यक्ष खड्काले बताए ।

jutta mela

एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं समाजसेवी राजन चिमरिया सञ्चालक रहेको झापाको धाइजनमा अवस्थित रितिका डेरी उद्योग अवलोकन गरिएको छ । सो क्रममा केन्द्रिय महासचिव हेमचन्द्र खनाललाई भेटघाट गरी विभिन्न विषयमा छलफल तथा भलाकुसारी गर्दै भ्रमण कार्यक्रमलाई समापनसहित सुदुरपश्चिम प्रदेशको यात्रा समापन भएको भ्रम्ण टोलीले जनाएको छ ।

यसरी एक ठाउँबाट अर्को ठाउँ र एक उद्योगबाट अर्को उद्योगमा जाँदा, हेर्दा र कुराकानी गर्दा धेरै कुरा सिक्न र सिकाउन सकिन्छ । एसोसिएसनले यस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । एसोसिएसनका केन्द्रिय र प्रादेशिक बैठकहरु पनि स्थान परिवर्तन गर्दै पालैपालो गरिने गरिएको छ । एसोसिएसनले स्वदेशी एवं विदेशी अवलोकन भ्रमण गर्दा नयाँ–नयाँ कुराहरु सिक्ने पाइने र आफ्नो उद्योगमा सोही कुरा लागु गर्दा उपयोगी हुनेछ । हरेक वर्ष सदस्यहरु गइरहने गर्छन् ।

गतवर्ष बंगलादेश, कतार, इजरायल, भारत लगायतका देश भ्रमण गरिएको भने यसवर्ष श्रीलंका र अब तत्काल चीन जाने तयारी रहेको एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिएका छन् । नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भएर दुग्ध उद्योगीको हकहितमा काम गर्दै आइरहेको संस्था हो । २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले ७ प्रदेश र २३ जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ ।

विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत ७ प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बनेका छन् । एसोसिएसनभित्र आफ्ना उद्योगीको स्तरोन्नतीका लागि विभिन्न तालिम, गोष्ठि एवं अध्ययन अवलोकनका कार्यहरु हुने गर्दछ्न् । भ्रमणमा सुदुरपश्चिम प्रदेशका पदाधिकारी एवं सदस्य सहभागी थिए ।

You might also like

Comments are closed.