दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ ।

सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, २०८१) सम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणमध्ये एकको रूपमा, खरीदकर्ताले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनको खरिद गर्दा छानिएका बिक्रेतामार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध “फ्री डेलिभरी” ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी” भाउचरहरू सङ्कलन गर्न सक्नेछन् । दराजका खरिदकर्ताले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरको मज्जा पनि लिन सक्नेछन् ।

दराज एपमा दैनिक रुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्तालाई उत्पादनको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

दराज गु्रपका बारेमाः

सन् २०१५ मा स्थापित, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्ल्याटफर्म “दराज” नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ । ५ सय मिलियन जनसंख्यासहित द्रुत गतिमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता तथा उपभोक्तालाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ । ई–कमर्स, उत्पादनको ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले अदृतीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्यको शक्तिमार्फत दक्षिण एसियाली समुदायलाई नै समृद्धि पथमा लैजाने लक्ष्य बोकेको छ ।

You might also like

Comments are closed.