नेपालमा रोयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षण सवारी ट्र्याक अनुभव भाद्र २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको हो ।

हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान ग¥यो । अफ–रोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ । अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको हो ।

हिमालयन ४५० को प्रारम्भिक मूल्य रु. ९ लाख ८९ हजार ५ सय रहेको छ भने टप भेरियन्टको मुल्य रु १० लाख ३९ हजार ५ सय रहेको छ । हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् । जसमा काजा ब्राउनको मुल्य रु. ९ लाख ८९ हजार ५ सय, स्लेट पपी ब्लू तथा स्लेट हिमालयन साल्टको मुल्य रु. ९ लाख ९९ हजार ५ सय, क्यामेट व्हाइटको मुल्य रु. १० लाख १८ हजार ५ सय र हान्ले ब्लाकको मुल्य रु. १० लाख ३९ हजार ५ सय रहेको छ ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मजबुताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ । जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सर्वोत्कृस्ठ रहनेछ । रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ ।

यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ । हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई – पहाड – हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ । यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ ।

हिमालयन ४५० को प्राविधिक विशेषतामा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन् । रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० एनः २५५०० आरपी ः रहेको छ । हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ ।

सामुन्ने पांग्राको साइज ९० तथा ९०–२१ छ भने पछाडि पांग्राको साइज १४० अथवा ८० आर १७ छ । यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ । डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो त्ँत् डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन् । यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ ।

मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ, जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राका लागि उत्कृष्ट बनाउँछ । मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन् ।

क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ । एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि हामीसँग सामेल हुन सबैमा आग्रह छ । हिमालयन ४५० अल्फा अटोमोटिभ प्रालिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध छ ।

You might also like

Comments are closed.