सुजुकीले ल्यायो ‘दशैँ आयो क्यास पायो’ योजना

काठमाडौं । सुजुकीले नेपालीको महान् पर्व दशैँ तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ योजना ल्याएको छ ।

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रालिले ग्राहकका लागि मध्यनजर गर्दै उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा ‘दशैँ आयो क्यास पायो’ योजना ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘दशैँ आयो क्यास पायो’ योजना अन्र्तगत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी पाउनेछन् । न्युनतम रु ७ हजार देखी रु ५ लाख सम्म नगद तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको विश्वनियततालाई कायम गर्न ५ बर्षको वारेण्टिका साथै ५ बर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

अब सुजुकिको कुनै पनि मोटरसाईकल र स्कुटर चड्दा ५ बर्षसम्म ढुक्क हुन सकिने कम्पनिले जनाएको छ । दशैँ मनाऔँ र नगद पाई खुशी हौ भन्ने मुलमन्त्र रहेको सुजुकिको योजनाले ग्राहकको मन जित्नेमा कम्पनी ढुक्क छ ।

You might also like

Comments are closed.