लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समय देखी सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा रहेको छ । सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिजÞ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ । केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आइसकेको छ । हाल बढ्दै गइरहेको विद्युत्तीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो ।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जाँच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ । सेन्टरमा सबै प्राविधिक हरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न् ।

सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ । ग्राहकको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकको सहजता र सहुलियतताको लागि सो स्टेसन सञ्चालनमा ल्याएको हो ।

lcci
You might also like

Comments are closed.