होटल संघका सदस्यलाई यतिको टिकटमा छुट

पोखरा । होटल संघ पोखरा नेपाल र यति एयरलाइन्स लिमिटेड काठमाडौं बीच संघका सदस्यलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ ।

नेपालका आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म छुट प्रदान गर्ने विषयमा समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

यति एयरलाइन्सको मोवाइल एप र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरास्थित स्टेशन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए ।

संघको पोखरा स्थित कार्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष सुवेदी र यतिका स्टेशन म्यानेजर लामिछानेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

You might also like

Comments are closed.