तोलामा १ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ५३ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५३ हजार ३ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु १ हजार ७८० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ७९५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.