‘केई’ गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुँदै

काठमाडौं । नेपालको लागि ‘केई’ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले Experience Kaiyi टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने जनाएको छ ।

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई ‘केई’ को इलेक्ट्रीक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E–Qute 04 र E–Qute 02 टेष्ट ड्राइभ गर्न सकिनेछ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोशको मिक्सर चक्की प्राप्त गर्नेछन् ।

इच्छुक महानुभावले ‘केई’ को शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट–ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रमको विस्तृत जानकारी को लागि ९८०१२०११०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन ‘नाडा अटो शो’ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । त्यसपश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

हालैमात्र कम्पनीले ‘केई’ ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।

You might also like

Comments are closed.