पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

पोखरा । पर्यटकीय राजधानी पोखरामा रहेको ‘होटल मुरानो’ अब प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुने भएको छ ।

पोखराको लेकसाइडमा बिगत २ वर्षदेखि सञ्चालित ‘होटल मोरानो’ नयाँ व्यवस्थापनका साथ प्याराडाइज इन ग्रुपले सञ्चालन गर्ने तयारी गरेको छ । प्याराडाइज इन ग्रुपले यही असोज १ गते देखि व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने तयारी गरिरहेको प्याराडाइज इन ग्रुपका सेल्स एण्ड माकेर्टिङ डाइरेक्टर दीपक पोखरेलले जानकारी दिए ।

उनी भन्छन्, “पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएका हौँ, यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई होटलले अझै सहज बनाउने हामीले विश्वास लिएका छौँ” ।

होटलमा २८ वटा डिलक्स रुम छन् भने २५ रूममा बाल्कोनीको सुबिधा रहेको छ । साथै ४० जना क्षमताको रेष्टुरेन्ट, कफि सप र बार, ५० जना अट्ने क्षमताको मिटिङ हल, लिफ्टको सुविधा पनि छ ।

पोखराको रोड नम्बर १३ मा होटल अवस्थित यस होटलको बाल्कोनीबाट फेवालेक र मनमोहक हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । होटलको ओपरेसन म्यानेजर नारायण पोख्रेल र सेल्स एण्ड मार्केटिङ म्यानेजरको जिम्मेवारी प्रतिक्षा तामाङले लिएका छन् ।

यस होटलले पोखरा आउने पर्यटक लाभान्वित हुने विश्वास लिइएको छ । पर्यटकीय राजधानी पोखरामा रहेको यस होटलले पोखराको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने सरोकारवाला बताउँछन् ।

You might also like

Comments are closed.