सुनको मूल्यमा कीर्तिमान, प्रतितोला १ लाख ५६ हजार ८ सय

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु ५ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ लाख ५६ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ५६ हजार ८ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ८६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ९ सय निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.

Secret Link