युनाइटेड क्लव पोखराद्धारा विभिन्न उपसमिति र सल्लाहकार चयन

पोखरा । युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकार चयन गरेको छ ।

क्लवको हालै सम्पन्न सातौँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकार चयन गरेको हो ।

जसअन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद व्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्यबहादुर बाँनिया, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य विष्णुकुमार गुरुङ, महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य शान्ति सुवेदी र युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य बुद्ध कार्की चयन भएका छन् ।

त्यसैगरी क्लबले निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, रमेशबहादुर कार्की, राजेन्द्रबहादुर थापा, शुशिलराज पराजुली, लिलाधर अधिकारी र गोविन्द घिमिरेलाई सल्लाहकार चयन गरेको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।

क्लबको बैठकले १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुुषको अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ ।

You might also like

Comments are closed.