सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला रु १ लाख ५७ हजार ३ सय

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख ५७ हजार ३ सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला रु १ लाख ५६ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु १ हजार ९ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९१५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.