सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु ६ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु १ लाख ५७ हजार ३ सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु १ लाख ५६ हजार ७ सय निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९१५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु १ हजार ९०५ निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.