पोखरामा टिभिएसका रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको बिक्री शुभारम्भ

पोखरा । पोखरामा टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्टको बिक्री शुभारम्भ गरिएको छ । पोखराका लागि टिभिएको आधिकारिक बिक्रेता नयाँबजारस्थित स्क्वायर मोटर्स प्रालिले मंगलवार एक कार्यक्रमकाबीच बाइक तथा स्कुटरको बिक्री शुभारम्भ गरेको हो ।

स्क्वायर मोटर्स प्रालिका डाइरेक्टरहरु सविना महर्जन, चाहना अधिकारी र सन्ध्या जोशीले बाइक र स्कुटर अनावरण गरेका छन् । टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस (भिआइएफआइ) प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको जनाएको छ ।

यी नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरलाई ध्यानमा राखी बनाइएको स्क्वायर मोटर्सका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताए । उनी भन्छन्, “हाम्रो मिलेनियल र डिजिटलाइजेसनमा निर्भर ग्राहकका लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पीँढिलाई उपयुक्त हुने गरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ ।”

टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन (एफआइ) को नयाँ भेरियन्ट पोखरामा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी भएको र यी नयाँ मोडेलको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले ग्राहकलाई लोभ्याउने स्क्वार मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताए । उनका अनुसार रोमाञ्चकता, आराम र आधुनिक सवारी अनुभव खोज्ने राइडरका लागि विशेष ध्यान दिएर यी साधन बनाइएको हो ।

टिभिएस रेडर एफआइको मूल्य रु २ लाख ९२ हजार ९ स, टिभिएस एनटर्क एफआइको मूल्य रु २ लाख ७९ हजार ९ सय तथा टिभिएस रेडिअन एफआइको मूल्य रु २ लाख ३६ हजार ९ सय तोकिएको टिभिएका म्यानेजर प्रेम कार्कीले बताए ।

टिभिएस रेडर एफआइ भेरियन्टः टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको छ । हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै विभिन्न सुविधाहरू प्रदान गर्दछ ।

फ्युल दक्षताः यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ ।

उत्तम प्रदर्शनः राडरले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन् ।

परिष्कृत स्टाइलिङः टिभिएस रेडर एपÞmआइ भेरियन्ट युवाको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ ।

टिभिएस एनटर्क भेरियन्टः टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधासँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ । यस भेरियन्टमा निम्न कुराहरु पाइन्छन्,:
सुपीरियर थ्रॉटल रेस्पोन्सः उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ ।

इको–फ्रेन्डली राइडः राम्रो फ्युल व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।
अत्याधुनिक डिजाइनः एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टिभिएस रेडिअन एफआइ भेरियन्टः आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन एफआइले १५ प्रतिशत माइलेज दिन्छ, जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ । यस भेरियन्टमा पाइन सकिने फाइदाहरु निम्नानुसार छः

स्थायित्वः रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ । यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकमा चलाउनको लागि सहज हुन्छ ।

आरामदायी र सुविधाजनकः यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ–स्टार्ट सुविधाले, सवारीको अनुभव बढाउन्छ ।

सुरक्षितः सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.