काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु १ लाख ५६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५६ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु १ हजार ९ सय ५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ८९० निर्धारण भएको छ ।




Comments are closed.