अप्टिमिष्ट इन्टरनेशनल नेपालका गभर्नर थापा सम्मानित

असोज । अप्टिमिस्ट इन्टरनेशनल नेपालका डिस्ट्रिक्ट गभर्नर प्रतापबहादुर थापा सम्मानित भएका छन् । सेन्ट जर्ज स्कुलबाट २०८० को एसईई परीक्षा उतिर्ण विद्यार्थीलाई बधाई एवं विदाई कार्यक्रमको अवसरमा गभर्नर थापालाई सम्मान गरिएको हो ।

थापा गत भदौ २९ र ३० गते चितवनको सौराहामा सम्पन्न तेस्रो महाधिवेशनबाट गभर्नर पदमा चयन भएको उपलक्ष्यमा सम्मान गरिएको विद्यालयले जनाएको छ । सेन्ट स्कुल व्यवस्थापन समिति अध्यक्ष, कार्यक्रमका सभापति एवं अप्टिमिस्ट इन्टरनेशनल नेपालका नवनिर्वाचित डाइरेक्टर र अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रिनियरका अध्यक्ष प्रल्हाद दाहाल लगायतले थापालाई सम्मान गर्दै थप प्रगतीको शुभकामना दिएका छन् ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे, दृश्य सहकारी संस्थाका सचिव रमेश सन्जेल, युवा व्यवसायी सन्दिप घिमिरे, विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईं, शिक्षक, कर्मचारी, कक्षा ९ र १० का विद्यार्थी, एसईई परीक्षा २०८० मा उत्र्तिण विद्यार्थी तथा अभिभावक सहभागी थिए ।

कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल नेपालका गर्भनर थापाले सम्मान ग्रहण पश्चात् अप्टिमिस्ट इन्टरनेसनलको बारेमा जानकारी गराएका छन् । एसईई उत्तिर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको छ । साथै सिनियर शिक्षकलाई पनि सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको अवसरमा विद्यार्थीले रमाईलो साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

कक्षा १० कि छात्रा सपना शाहीको स्वागतबाट सुरु भएको कार्यक्रममा एसईई उत्तिर्ण विद्यार्थी सिर्जना मोक्तानले विद्यालय जीवनको अनुभव व्यक्त गरिन् । कार्यक्रममा सहभागीलाई मोही सेवन समेत गराइएको नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रधानाध्यापक मेघराज बजगाईंले विद्यालयले सबै आफ्ना विद्यार्थीलाई सधैं सम्झिरहने बताउँदै कक्षा १० सम्म पढ्दा सिकेकै धेरै कुरा आफ्नो जीवनमा लागू गर्न आग्रह गरेका छन् । शिक्षक राजेश श्रेष्ठले हिजो विद्यालयमा पढाउने क्रममा गाली गरिएको अथवा नराम्रा केही भएको भए भुल्न आग्रह गरेका छन् ।

कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्लाद दाहालले विद्यार्थीलाई बधाई दिएका छन् ।

You might also like

Comments are closed.