लुमिनस ब्याट्रीको डिलर मिट सम्पन्न

काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रा.लि. द्वारा हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ ।

ब्राइटर विद लुमिनस नाम दिइएको सो कार्यक्रम गत भदौ २७ गते आयोजना गरिएको हो । यस कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरी रहेका डिलरहरु, एमट्रेड प्रालिका प्रतिनिधि र लुमिनस इन्डियाका प्रतिनिधि, लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धले लगायत अन्य प्रतिनिधि सहभागी थिए ।

एमट्रेड प्रालिका सञ्चालन प्रमुख योगराज ढुंगानाले अन्य पावर व्याकअप सोलुसनमार्फत नेपालमा योगदान पुर्याएको एक दशक पुरा भएकोमा ग्राहक, च्यानल पार्टनर तथा एमट्रेड प्रालि परिवारलाई धन्यवाद दिएका छन् । उनी भन्छन्, “यस प्रकारको साथ र सहयोगले हामिलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढङ्गले अघि बढ्ने हौसला मिलेको छ ।”

यस अवधिमा लुमिनस ब्राण्डको उत्पादन, बजार अवस्था तथा भविष्यको रणनीति लगायतका महत्वपूर्ण विषयमा विभिन्न व्यक्तिले छलफल गरेका छन् । विभिन्न विधामा उत्कृष्ट कार्य गर्न सफल डिलरलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । साथै लक्की ड्र मार्फत एक जोडीलाई दुवाई टुर प्याकेज पनि प्रदान गरिएको छ ।

यस कार्यक्रममा लुमिनस ब्राण्डका व्यवसायिक साझेदार बीचको सम्बन्धलाई अझ बढी आत्मियता र बलियो सम्बन्ध बनाउन सफल भएको छ । यसलाई भोलिका दिनमा यस ब्राण्डलाई नेपाली बजारमा निरन्तर अग्रणी भुमिका खेल्ने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.