फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीको महान् पर्व विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ ।

हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठुलो हुने कम्पनीले जनाएको छ । बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टको सबै आइटममा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराई भन्छिन्् “हाम्रा ग्राहकका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहककोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।”

बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ । ग्राहकले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्नेछन् ।

You might also like

Comments are closed.