पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । बिहीबार एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरिएको हो ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले बधाई दिदै संघले गर्ने हरेक राम्रा कामको साथमा एशोसियसन साथमा रहेको बताए । संघले गर्ने नराम्रा कामको लागी एशोसियसनले खबरदारी गर्ने बताउँदै उनले व्यवसायमा पार्किङको समस्या रहेकाले संघले सहजीकरण गर्नुपर्ने बताएका छन् ।

संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिले व्यावसायिका घर वहाल कर लगायत विभिन्न करका समस्या रहेको बताउँदै यस बारेमा पोखरा महानगरपालिकासँग मिलेर काम गर्न संघलाई आग्रह गरेका छन् । प्रजापतिलाई सफलतापुर्वक आफ्नो कार्याकाल सम्पन्न गरेकोमा एशोसियसनले सम्मान समेत गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले आफ्नो जित सबै व्यवसायीको जित भएको बताउदै सधै व्यवसायीको साथमा रहने बताए । व्यवसायीलाई परेको समस्या समाधान गर्न आफू हरेक समय तयार रहेको र व्यावसायीको हकहितका लागि सरकार, पोखरा महानगरपालिका, विभिन्न संघ सस्थासंग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । उपाध्यक्ष बुद्विबहादुर कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव थमन सिं गुरूङले गरेका हुन् ।

You might also like

Comments are closed.