‘इक्यान मल्टी डिस्टिनेसन एजुकेशन फेयर २०२४’ हुँदै

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा ‘इक्यान मल्टी डिस्टिनेसन एजुकेशन फेयर २०२४’ हुने भएको छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सेप्टेम्बर २९ आइतबार फेयर आयोजना गरिएको इक्यानले जनाएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी इक्यानले १५औं संस्करणको फेयर आयोजना गरेको हो ।

विदेशमा उच्च शिक्षाका अवसरहरुको खोजी, सम्बन्धित देशका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट प्रत्यक्ष परामर्श, शिक्षासँग सम्बन्धित जिज्ञासाको खोजी तथा प्रत्यक्ष संवादका लागि फेयर उत्कृष्ट गन्तव्य बन्ने इक्यान अध्यक्ष शेषराज भट्टराईले विश्वास व्यक्त गरे ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीले एकै थलोबाट विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष भेट्ने अवसर फेयरमा पाउनेछन् ।

छात्रवृत्तिको अवसर, शैक्षिक लोन, तयारी कक्षा, डकुमेन्टेसन लगायत विविध विषयका जानकारी पनि विद्यार्थीले फेयरबाट प्राप्त गर्न सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.