इक्यान मकवानपुरको अध्यक्षमा खतिवडा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुर शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बेलप्रसाद खतिवडा अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, सचिवमा मनिष अधिकारी, कोषाध्यक्षमा किशोर अर्याल रहेका छन् भने सदस्यहरुमा शुरज घलान, शिवकुमार श्रेष्ठ, गुणराज थिगं, उमेश हुमागाई र नविनराज सापकोटा चयन भएका छन् ।

इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थितीमा शाखाको अधिवेशन भएको हो ।

You might also like

Comments are closed.