लायन्स क्लब अफ पोखराको ४८औं पदस्थापन सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखराको ४८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित एक कार्यक्रमबीच नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ।

अघिल्लो लायन वर्षका अध्यक्ष तथा वर्तमान जोन चियरपर्सन दीपेन्द्र कोइरालाले नयाँ अध्यक्ष कृष्ण जिसीलाई पद हस्तान्तरण गरेका हुन् । कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

jutta mela

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट २२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यो क्लब पोखरा क्षेत्रको पहिलो तथा नेपालको छैटौं लायन्स क्लब हो ।

सोही अवसरमा लायन्स क्लब अफ पोखरा सहयात्री, मर्दी हिमाल र मर्दी रेन्ज क्लबको पदस्थापन सम्पन्न भएको छ ।

You might also like

Comments are closed.