नयाँ बानेश्वर व्यापार व्यवसायी संघले ल्यायो ‘दशै तिहार योजना’

काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ काठमाडौंले चाडपर्व लक्षित योजना ल्याएको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै दशै, तिहार, छठ, नेपाल संवतलाई लक्षित कार्यक्रम ल्याएको संघले जनाएको छ ।

‘बानेश्वरमा चाडवाडको बहार, समान खरिदमा उपहारै उपहार’ भन्ने नाराका साथ यही असोज ७ गतेदेखि कात्र्तिक २२ गतेसम्म दशै तिहार विशेष उपहार योजना कार्यक्रमको आयोजना गरेको छ ।

दशै, तिहार, छठ, नेपाल संवत् लगायत महत्वपुर्ण पर्वको बेला, आर्थिक वर्षकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने विशेष समयलाई ध्यानमा राखेर, विग्रिएको अर्थतन्त्रलाई टेवा दिदै देशको आर्थिक विकासमा पनि सहयोग पुर्याउन चाडपर्व बिशेष योजना ल्याएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइटेलले जानकारी दिए ।

jutta mela

कुनै पनि ग्राहकले बानेश्वरको कुनै पनि पसलबाट समान खरिद गर्दा सामान संगै नयाँ वानेश्वर व्यापार व्यवसायी संघको उपहार कुपन प्राप्त गरिनेछ । सो कुपनलाई गोलाप्रथाद्वारा भाग्यशाली ३० जना ग्राहकलाई उपहार प्रदान गरिनेछ ।

प्रथम उपहार मोटरसाइकल १ थान, दोस्रो उपहार ५५ इन्च टेलिभिजन १ थान, तेस्रो उपहार २५३ लिटरको रेफ्रिजेरेटर १ थान, चौथो उपहार ८ के.जी. को वासिङ मेशिन १ थान गरी कुल ३० जना ग्राहकलाई उपहार प्रदान गरिनेछ ।

बानेश्वरमा सामान धेरै रकमको वा धेरै पटक सामान खरिद गरियो भने धेरै नै कुपन प्राइने भएकाले उपहार प्राप्त हुने सम्भावना रहेको छ । यस समयावधिभर बानेश्वरबाट नै सामान खरिद गरी भाग्यशाली उपहार प्राप्त गर्ने अवसर रहेको छ ।

You might also like

Comments are closed.