विश्व स्कुल दूध दिवस : सरोकारवालासँग छलफल

काठमाडौं । नेपाल डेरी एसोसिएसनले सरोकारवालासँग छलफल गरेको छ । एसोसिएसनले सोमवार मनाइरहेको विश्व स्कुल दूध दिवसको सप्ताहव्यापी कार्यक्रमका सन्दर्भमा छलफल गरेको हो ।

गत असोज ३ गतेबाट दूध दिवस सञ्चालन गरेको एसोसिएसनले विभिन्न शैक्षिक संस्थामा पुगेर कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा सरोकारवालासँग केन्द्रिय कार्यालयमा कार्यक्रमको समिक्षा एवं बाँकी कार्यक्रमको तालिका बनाएर अगाडि बढ्ने र यो कार्यक्रमले दुग्ध क्षेत्रको विकासमा अत्यन्तै हित गर्ने केन्द्रिय महासचिव हेमचन्द्र खनालले जानकारी दिएका छन् । एसोसिएसनले आउँदो असोज ९ गते एक समारोह आयोजना गरी विश्व स्कुल दूध दिवस मनाउने तयारी गरिरहेको छ ।

jutta mela

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दूध सबैले नियमित पिउनुपर्नेमा जोड दिए । डेरीएसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको बताउँदै सबै विद्यार्थीलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने बताएका छन् ।

दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नुपर्ने एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले बताए । विद्यालयमा पुगेर बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गर्दा अत्यन्तै राम्रो हुने र उपभोग बढ्ने उपाध्यक्ष मनोज घिमिरेले बताए ।

एसोसिएसनले गरेको कार्यक्रमलाई राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट अधिकृत शंकर अधिकारीले धन्यवाद दिएका छन् । बोर्डकै अर्का अधिकृत अजय पोखरेलले एसोसिएसनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउन अनुरोध गरे । राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य एवं एसोसिएसनका सह–कोषाध्यक्ष रामभक्त दाहालले एसोसिएसनले हरेक वर्ष यसरी कार्यक्रम गर्नाले उपभोग बढ्नुका साथै यसले सबैलाई हित गर्ने बताएका छन् ।

You might also like

Comments are closed.