बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौं महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले ३ साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिए ।

एक वर्षअघि नै काम थालिएपनि ३ निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थालेका थिए । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरेका छन् ।

त्यस लगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको ३ सय मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed.